मायाको गजल

1
तिम्रो र मेरो जात मिलेन
हामी दुई बीच हात मिलेन
तिमीले अरु नै रोजेपछि
हाम्रो अब जीवन साथ मिलेन
2
चाँदी समाउन डराउनेले हिरा पाएपछि
दुख भुल्दो रहेछ सुख पाएपछि
तिमीलाई कहिलै भुल्न सक्दैन भन्नेले पनि
छाडी जाने रहेछ अर्को पाएपछि
3
एक्लै छोड्यौ भने त सक्किन्छु भन्नेले पनि
आँखै फुटे पनि तिमीलाई चिन्छु भन्नेले पनि
समयले आफ्नो पराई यसरी चिनाउँदो रहेछ
कि हालखबर सोध्न छोडे ज्यान दिन्छु भन्नेले पनि
4
चल्दै छ जीवन चलि रहने छ
रात ढले सास रोक्की जाने छ
जहाँ भए पनि तिमी खुशी रहनु सानु
परान झैँ तिम्रो याद एकदिन जली जाने छ
5
कहिले कहिले भेट्न आउनु कान्छी साँझैमा
तिमी बाहेक कोही छैन यो मुटु माझैमा
भनी हाले अब
पर्खि बस्नु कान्छी माग्न आउन माघैमा
6
हाय ! तिम्रो आँखाको नानीमा आफ्नो तस्बिर देख्न पाए
हाय ! तिम्रो मनको मुटुमा आफ्नो तस्बिर जोड्न पाए
एउटा मिठो याद बन्थ्यो होला
हाय ! तिम्रो साथको यादमा आफ्नो गजल लेख्न पाए
7
काली छैन हल्का गोरी छे
सानी भए पनि जोरी खोज्छे
मुसु मुसु हाँस्ने गर्छे
मुटु भित्र हेर्दा त्यो गोरी छे
8
माया त धेरै छ बताउन नसकेर हो
याद त तिम्रै आउँछ देखाउन नसकेर हो
सम्झन त तिमीले पनि सम्झाउलिनी कुनै दिन
मेरो त सासमा पनि तिमी छौ जताउन नसकेर हो
9
एक नजर देखेको भरमा यस्तो पर्दो रहेछ
नजरवाली मान्छेको माया मुटुमा बस्दो रहेछ
मुटुभरि माया लुकाई देखाउन गाह्रो पर्ने
यदि कदापि छुट्न पर्यो भने परेलीबाट आँसु झर्दो रहेछ
10
तिमीले उनलाई सम्झिएर हो
घाम हुँदा जुनलाई सम्झेर हो
म त तिम्रै यादहरूमा स्मृति विलिन बनाइरहन्छु
मैले तिमीलाई सम्झिँदा तिमीले आफूलाई सम्झेर हो
11
जसलाई देखेपछि आँखा हटेको छैन
टाढा भए पनि माया घटेको छैन
आफ्नो कुरा छोड यहाँ
मैले तिमीलाई देखेपछि जुनलाई देखेको छैन
12
किन किन बोलीले पनि मन सताएको छ
मायाले अचेल साथमा धोका खताएको छ
तिमी बोलीमा चिप्लो बसिरहन्छौ खाएर
के हो कुरा त तिम्रो नजरले बताएको छ
13
धोका होइन मायाको सास चलेको छ
मन रिसाउँदा पनि फेरि बोलाएको छ
चिप्लो घस्न त आउँदैन मलाई
तर तिम्रो यादले मेरो मन जलाएको छ
14
दुई आत्मा एक परानी हुने भए
माया मोह धोका धरानी हुने भए
तिमी मात्र तिमीभित्रको मनमा अल्झिरह्यौ
म त तिम्रो पर्खाइमा जलेर खरानी हुने भए
15
मलाई छोडी अरूसँग जानेलाई
नभनी मन तोडी जानेलाई
बोलाउँदैन म अब
सिधा बाटो मोडी जानेलाई
16
जसरी कुरा गर्थ्यौ तिमीले
माया गर्छु भन्थ्यौ तिमीले
तिम्रालागि जीवन साँच्न तयार थिए
मुटुमा ढुङ्गा राख्ने बनायौ तिमीले
17
भगाइ लान्छु तिमीलाई जान्न नभन
ओठ खोली मै खान्न नभन
तिम्रै लागि जोबन साँची बाँचिरहेछु
चाहिए जति माया दिन्छु लिन्न नभन
18
धनी त छैन म तर पौरख बाँकी छ
ज्ञानी त छैन म तर इमान बाँकी छ
छोडेर जाउ जति गए पनि
चल्दैछ जीवन कमाउने सुरुवात बाँकी छ
19
त्यो हाँसोमा जादु छ तिमीलाई म हेरूँ कसरी
आश लाग्छ मेरो अँगालोमा तिमीलाई बेरूँ कसरी
यो हेर्दा हेर्दै बसेको हाम्रो माया प्रेम
हातमा फूल लिएर प्रपोज तिमीलाई गरूँ कसरी
20
मुस्कानमा जादु छ उनको मुस्कुराइरहन्छिन्
हाय ! मेरो दिललाई घायल बनाइरहन्छिन्
कानमा झुम्का अनि हातमा औठी लगाएकी
लाग्छ उनले पनि मलाई हल्का मन पराइरहन्छिन्
21
साथ तिम्रै हुनेछ गाह्रो भए पनि
पर्खाइ तिम्रै हुनेछ लामो भए पनि
बिछोडको त कुरै नगर
याद तिम्रै हुनेछ टाढा भए पनि
22
जसरी कुरा गर्थ्यौ तिमीले
माया गर्छु भन्थ्यौ तिमीले
तिम्रालागि जीवन साँच्न तयार थिए
मुटुमा ढुङ्गा राख्ने बनायौ तिमीले
23
याद तिमी साथ तिमी मुलाकात तिमी
मेरो हात तिमी मेरो बर्बाद तिमी
तिमी तिमी तिमी, तिमी नै तिमी
मेरो बात तिमी मेरो दिनरात तिमी
24
उनलाई देखेर हेरिरहेको थिएँ
उनकै सपना हेरेर देखिरहेको थिएँ
उनलाई थाहा थिएन केही तर
उनीतिरै आँखा मैले डुलाइरहेको थिएँ
25
उनी जुन अझै राम्री रूपकी खानी थिइन्
उनी ओठ खोलेर हाँस्न जानी थिइन्
म उनकै मायामा पागल
अनि राधा पार्वतीभन्दा पनि राम्री थिइन्
26
मैले सधैँ हेर्छु तिमीलाई तिमीले हेर्छौ कसलाई
मैले माया गर्छु तिमीलाई तिमीले गर्छौ कसलाई
सधैं साथ दिन्छु भन्ने भएको थियो कुरा
मैले जीवन मान्छु तिमीलाई तिमीले मान्छौ कसलाई
27
केही शायरी कसैलाई गुमाएर लेखिँदा रहेछन्
केही शायरी कसैले रुवाएर लेखिँदा रहेछन्
लेख्न नसक्नेहरू अरूको शायरी पढ्दा
आफ्नो जीवन सम्झेर रुँदा रहेछन्
28
साथ छोड्नेलाई हात दिए
मुख मोड्नेलाई साथ दिए
अब लाग्दै छ पछुतो
हाँसेर तोड्नेलाई मन दिए
29
सपना बेचेर जीवन सवार्नुपर्ने रहेछ
आफू जलेर घर जोगाउनुपर्ने रहेछ
साथ नहुँदा कोही आफ्नो
एकान्तमा रहेर सिरानी भिजाउनुपर्ने रहेछ
30
फाइदा उठाउने यहाँ धेरै भेटिँदा रहेछन्
मरेपछि हड्डी बेच्ने यहाँ धेरै भेटिँदा रहेछन्
कोही बन्थे आफ्ना तर
काम पर्दा साथ छोड्ने यहाँ धेरै भेटिँदा रहेछन्
31
तिम्रो आँखामा नजर जुदाउन सक्दैन म
तिमी बिना जीवन बिताउन सक्दैन म
तिम्रो नै माया लाग्छ मलाई धेरै
तर तिमीलाई मन पराउँछु भन्न सक्दैन म
32
जीवन यस्तो मोड रहेछ
पाउने हरपल चोट रहेछ
लाग्छ तिम्रो मायामा डुबी रहुँ
माया नै यसको तोड रहेछ
33
उनको मुहार गुलाफको फूल जस्तो
मच्छेटले सताउँदा जोगाउने झुल जस्तो
उनको आँखामा हेर्दा भुल्छु सबै
गहिरो चोट पनि लाग्छ केही भूल जस्तो
34
सपनीमा सताउँदा तिमीले
बिपनीमा तर्साउँदा तिमीले
लाग्छ माया बढेजस्तो
रिसाएर कराउँदा तिमीले
35
सलल बेगमा बग्ने बादल तिमी
मलाई पागल बनाउने पागल तिमी
तिम्रो नै छ गुनगान ममा
जुनभन्दा पनि राम्री मायाको गाजल तिमी
36
करोडौँको भीडमा एकलाई देखेँ
देख्ने बित्तिकै उनको नाम मनमा लेखेँ
उनको मुहारचित्र बनेको छ मनमा
उनको सम्झनामा एउटा गजल लेखेँ
37
कहिल्यै नबोल्नेसँग बोले आज
उनकै कुरामा भुले आज
लाग्छ उनकै कुरा गरुँ सधैं
मैले मन पराएको कुरा भने आज
38
किन तिम्रो अगाडि बोल्न सक्दैन
दुनिया साँच्ची माया गर्छु भन्न सक्दैन
जहिले पनि तिम्रो मुहार हेरिरहुँ जस्तो लाग्छ
मलाई अब तिमी बिना बाँच्न सक्दैन
39
बरु धुनले गीत बिर्सेला
बरु चराले गुण बिर्सेला
तिम्रो माया रहिरहन्छ मेरो मुटुमा
बरु पृथ्वीले घुम्न बिर्सेला
40
जतिन्जेल समुद्रमा पानी सकिँदैन
जतिन्जेल हावामा अक्सिजन सकिँदैन
त्यतिन्जेल माया गर्छु तिमीलाई
जतिन्जेल मेरो प्राण सकिँदैन
41
पिउनु थिएन मलाई पिलायौ तिम्रो यादले
सिक्नु थिएन मलाई सिकायो तिम्रो यादले
कि जीवन के रहेछ भन्ने
बुझ्नु थिएन मलाई बुझायो तिम्रो यादले
42
बुझ्नेलाई माया फूल हुँदो रहेछ
नबुझ्नेलाई माया भूल हुँदो रहेछ
माया नपाउने मानिस
सपनामा माया सम्झेर रुँदो रहेछ
43
मुटु चिरी देखाऊ भने ज्यानको माया लाग्छ
तिमीसँगै बाँकी जीवन जिउन मन लाग्छ
तिमी बिना जिन्दगी मरुभूमिको फूल झैँ
तिम्रै लागि साँच्ची जीवन जिउन मन लाग्छ
44
हत्केलाले छेकेर घाम छेक्न सकिँदैन
परेलाले रोकेर आँसु रोक्न सकिँदैन
उनलाई अरू नै मन परेपछि
छोडेर जानेलाई सम्झेर भुल्न सकिँदैन
45
ए धेरैपछि केही शब्द रच्दै थिए
गाडिएको छ दिलमा नाम कसैको मेट्दै थिए
लम्किरहन्छन् पैतला उसकै यादहरू तिर
त्यसैले आफ्ना खुसी दाली याद छेक्दै थिए
46
हत्केलाले छेकेर घाम छेकिने भए
इरेजरले मेटेर नाम मेटिने भए
मेटिदिन्थेँ माया बरु एसिड नै खसाली
मुटु नमेटिन्जेल माया मेटिने भए
47
टोलाउँदै बसिरहेछु तिमीलाई सम्झेर
पाउने भए बसिरहन्थेँ तिमीलाई हेरेर
किन किन तिमी बिना जीवन खल्लो खल्लो
हाँस्नु न रुनु भए लियौ मन तिमीले चोरेर
48
कति खूब लाग्छौ तिमी तिमीलाई भनूँ कसरी
तिमी बिना जीवन चल्दैन मेरो यसरी
तिमीलाई नदेखी म बस्न सक्दिन किन
तिमी बिना अब म बाँच्छु कसरी
49
उनले देखे पनि मैले देख्न नपरोस्
उनले बोले पनि मैले बोल्न नपरोस्
जस्तो अवस्था आइपरे पनि जीवनमा
उनी हिँडेको बाटो हिँड्न नपरोस्
50
भोक लागेपछि खाना खानु नै पर्ने
मर्न परे पनि विष खानु नै पर्ने
के गर्नु यस्तै रहेछ जीवनको चलनचल्ती
लभ परेपछि किस खानु नै पर्ने
51
बिहान उठ्दा मर्निङ भन्नु नै पर्ने
सुत्दा पनि इभिनिङ भन्नु नै पर्ने
एक दिन बिर्सिएर मैले मेसेज नगर्दा
कुरै नगरी सिधै ब्रेकअप भन्नु नै पर्ने
52
छाडि जाने निष्ठुरीको माया देखियो
बेमौसमी झरी जस्तै घाम छाया देखियो
छैन अरू तिमी बाहेक अरू भन्नेको
हेर्दा हेर्दै अङ्गति झैँ दायाँ बायाँ देखियो
53
तिमी बिना यो मन सुकेको फूल जस्तै छ
हरेक रात सपना देख्छु तिमीसँगको डेट जस्तै छ
तर फेसबुकमा तिमीले ‘Engaged’ लेखेपछि
यो मुटु पखेटा भाँचिएको चील जस्तै छ
54
फेसबुकमा "Single" लेखेर बस्या छु
हर दिन "Love Quotes" पोष्ट गरिरहेछु
प्रेम गर्ने केटी भेट्नै गाह्रो भो
बरु TikTok खोलौँ कि भनेर सोचिरहेछु
55
तिमी बिना जिन्दगी अधुरो लाग्छ
तिम्रै यादले हरेक रात सुन्दर लाग्छ
आँखा चिम्लिएर तिमीलाई सोच्छु
अनि हर सपना तिमी नै भइसकेको लाग्छ
56
मायामा परेँ कि तिम्रै जादू हो
यो दिलको धड्कन तिम्रै बाटो हो
तिमी नजिक हुँदा संसार सुन्दर लाग्छ
तिमी टाढा हुँदा आँसुको घाटो हो
57
मैले उनलाई हेरेर हेरेको हेरै गरेपछि
के गरौँ खाई त्यो आँखाले मलाई नदेखेपछि
दिन दिनै उनकै झल्को आउँदा पानी
के गरौँ खाई उनलाई मेरो याद नआएपछि
58
डर लाग्छ त्यो हुने नभएको सम्बन्धको
भर लाग्छ त्यो हुने नभएको मायाको
कति डराउँछु त्यो मलाई सोध्नु
कदर लाग्छ त्यो मुस्कुराउने अफ्सराको
59
तिमीले दिएको चोट अझै मुटुमा छ
मुस्कानमा लुकाउँछु तर पीडा आँखामा छ
तिमीले भुलिसक्यौ होला मेरो नाम पनि
तर मेरो जिन्दगीमा तिम्रो निशानी अझै बाँकी छ
60
तिमी बिना पनि बाँच्न सिक्नुपर्छ
टुटेका सपनाहरू सम्झेर हाँस्नुपर्छ
माया गरेँ धोका पाएँ केही छैन
अब तिमीलाई बिर्सनै सिक्नुपर्छ
61
हर रात सपना देख्छु तिमीलाई आफ्नो भनेर
तर बिहान हुन्छ अनि सम्झन्छु त्यो सम्भव छैन भनेर
मेरो माया कति गहिरो छ थाहा छैन तिमीलाई
तर यो मन तिमी बिना बाँच्न सक्दैन भनेर
62
चन्द्रमा बिना आकाश अधुरो छ
फूल बिना बगैँचा अधुरो छ
तिमी नै मेरो मुस्कान हौ
तिमी बिना मेरो संसार अधुरो छ
63
तिमीलाई माया गर्छु थाहा छैन तिमीलाई
तिम्रै हाँसोले बाँचेको छु थाहा छैन तिमीलाई
हरेक दिन नजरले तिमीलाई खोज्छ
तर मेरो अस्तित्व के छ थाहा छैन तिमीलाई
64
तिमीलाई देखेर मुटु ढुकढुक गर्छ
तर म बोल्न सक्दिन ओठ थर्थर गर्छ
तिमी सायद कहिल्यै थाहा पाउँदैनौ
यो मन तिम्रै नाममा जिन्दगीभर धड्किरहन्छ
65
तिम्रो दिल स्वर्गमा पनि रमाएन भने
के गर्छौ मरेर पनि मज्जा आएन भने
जिउँदो छँदा त उनलाई नै सम्झिएर बसौँ
अर्थ भएन उनलाई बादलले सताएन भने
66
तिमीलाई देख्दा समय रोकिने गर्छ
नजर जुधेपछि मुटु दौडिने गर्छ
यो माया एकपल्ट परेपछि
जीवन नै तिमीमा अडिने गर्छ
67
उमेर चालिस कटिजाला
माया आउला कति जाला
एक न एक दिन होला मेरो पनि
जोबन ढले ढलिजाला
68
अडिएको छ मायामा यो जीवन
बढेको छ मायामा यो जीवन
सत्ता नै पल्टाउन कुनै तागतले
गाडिएको छ मायामा यो जीवन
69
तरकारी मिठो नुन नभई हुन्न
मानिस असल गुण नभई हुन्न
आफ्नो तक्दिर आफैँ बिगार्ने कति छन्
राम्रो कुराले त उनलाई छुँदै छुन्न
70
समुन्द्रको छाल सरि आउँछ bछन् यादहरू
नजरको गहिराइमा डुब्छन् सपनाहरू
मायाको यो सौगात नबिर्सी हिँडे पनि
सम्झनाले मनभरि लेख्छिन् कथाहरू
71
तिम्रो नाम लेख्दा कलम लजाउँछ
सम्झनाले मुटुभरि फूल फुलाउँछ
मायाको बादल माथि झरिरहन्छ
तिमीलाई सोच्दा मन पनि रमाउँछ
72
माग तिमी जे दिन सक्छु म
तिम्रो लागि त मरिदिन सक्छु म
जोबन साँचेर तिम्रो लागि बाँचिरहेछु
तिम्रो लागि जे नि गरिदिन सक्छु म
73
झार पात पतिङ्गर
माया लगाउने रहर
हेर्ने मात्र हो तिमीलाई कि
फर्कन्छ तिम्रो पनि नजर
74
कहिँ कतै केही कुरा घात लागेको छ
मलाई आज कसैको बात लागेको छ
सबैको साथ दिन्छु सोच्थेँ तर
आज न कोही मेरो साथ लागेको छ
75
उज्यालोपछि अन्धकार हुन्छ
अन्धकारपछि उज्यालो हुन्छ
मलाई घनले भन्दा ऋणले लागेको चोट छ
त्यो झन् गहिरो हुन्छ
76
तिमी राम्री मेरी भएर
या राम्री हौ रूप भएर
सोच्छु तिम्रो बारेमा म
नसा निधारका सोझाएर
77
दुखीलाई दुख सुखीलाई चाडपर्व आउँदो रहेछ
ती दुखीको भट्टीमा घुइँचो लाग्दो रहेछ
पैसा नभएपछि गोजीमा
आफ्नै आत्माले पनि सराप्न थाल्दो रहेछ
78
आकाशमा उड्ने सबै हवाईजहाज हुने भए
पानीमा चल्ने सबै डुङ्गा हुने भए
लेखेर तिम्रो नाम यो दिलमा
लेखिदिन्थेँ तिमी मेरो हुने भए
79
माया छ मनमा कसैको
छाया छ तनमा कसैको
उसले बिर्से पनि मलाई
याद छ जीवनमा कसैको
80
हाँसो ज्यानमारा छ अरू के भनूँ
आँखै नशालु छ अरू के भनूँ
उनी हुन् कि मेरी माया
ज्यानै कातिल छ अरू के भनूँ
81
हेरेर माया बास्न सकिने भए हेरिरहन्थेँ तिमीलाई
देखाउन मिल्ने माया भए छाती चिरेर देखाउँथेँ तिमीलाई
के गर्नु टाढा भए जस्तो लाग्छ तिमीबाट
लेखेर देखाउने माया भए लेखिदिन्थेँ तिमीलाई
82
चुरोटसँग धुवाँको जोडी कम लागेको छ
लत बसेछ उनको छातीमा दम लागेको छ
तिम्रो कसम छोड्दिन भन्थेउ सायद
अचेल मलाई तिम्रो कम लागेको छ
83
नदेखिने गरी छातीमा घात लागेको छ
सेकेन्ड सेकेन्ड काट्न पनि आपत लागेको छ
फेरि तिमी पनि उही चलखेल नगर न महोदय
बिर्सिए झैँ गरी बिर्सिन बढो वखत लागेको छ
84
माया उनलाई पनि थियो
माया मलाई पनि थियो
यहाँ यति फरक हुन्छ कि
उनलाई अरूको थियो मलाई उनको
85
रिसको छैन तिमीलाई खुशी देख्न पाउँ तети हो
अब तिम्रो याद मेट्न पाउँ तeti हो
छाडेर जानेले पो बिर्सिन्छ त पर्खि बस्नेले त बिर्सिँदैन
तर तिम्रो यादमा यो जीवन मेट्न पाउँ तeti हो
86
उनले छोडेर गइन् भनूँ के नै छ र
उनले माया मारेर गइन् भनूँ के नै छ र
म पनि उनलाई नै सम्झिरहन्छु खैर
उनले तोडेर गइन् भनूँ के नै छ र
87
हार्छु मैले जित तिम्रो पक्का हुनेछ
मुटुभित्र मलाई ठूलो धक्का हुनेछ
म सधैँ शून्य भएर बसिरहन्छु
तिम्रो प्रहारमा चौका छक्का हुनेछ
88
मेरो दिलमा घाउ छ भूतपूर्व मायाको
त्यसैले त याद आउँछ भूतपूर्व मायाको
पहिला त हर कदममा मेरो साथ हुन्थेउ
अहिले हात कसले समाउँछ भूतपूर्व मायाको